कामको मुल्यङकनको आधारमा उदयपुर सिमेन्ट उद्योगले ८५ जना कर्मचारीको बढुवा गर्यो

पूर्णपुष्टि, मंसिर ६
देशकै ठुलो उद्योगक उदयपुर सिमेन्ट उद्योग लिमिटिडले हालै ८५ जना कर्मचारीहरुलाई स्तरबृद्धि गरेको छ । उद्योगमा कार्यरत बिभिन्न कर्मचारीहरुको कामको उच्च मुल्यङकन गरी कुनै पनि दवाव बिनै उद्योगले कर्मचारीको बढुवा गरेको हो ।

उद्योगका प्रवक्ता लक्ष्मण पोखरेलका अनुसार यस आर्थिक वर्षमा ५३३ दरबन्दी मध्ये ३१६ स्थायी र ज्यालादारी तथा करारमा सयजना गरी ४१६ जना जनशक्ति रहेका छन् । उद्योग र मजदुर तथा कर्मचारीको हितलाई ध्यानमा राख्दै विमाबाट प्राप्त हुने कमिशन रकम २ लाख २५ हजार कर्मचारी कल्याण कोषको छुट्टै खातामा जम्मा सुरु गरेको छ । कोषलाई बृद्धि गरिने उद्योगको योजना छ ।

उद्योगको यस आर्थिक वर्षको उत्पादन तथा विक्री बार्षिक बजेट लक्ष अनुसार रहेको जनाइएको छ । लागत खर्च र अन्य खर्च मितव्यातिा अपनाइएकाले लक्ष पुरा गर्दै यसैवषैदेखि उद्योग नाफामा जानसक्ने प्रवक्ता पोखरेलको भनाई छ ।
उद्योगले तृतीय तहका ८५ जनालाई चौथो तहमा स्तरबृद्धि गरेको उद्योगका महाप्रवन्धक गोपीकृष्ण न्यौपानेले जानकारी दिनुभयो । विगतमा स्तरबृद्धिका लागि पटक पटक डेलिगेशन, आन्दोलन, धर्ना गर्नुपथ्र्यो तर, यसपटक कर्मचारीहरुको सहि कामको सहि मूल्यांकन गरी प्रोत्साहनसमेतका लागि नियमपूर्वक सहजढंगले स्तरबृद्धि गरिएको महाप्रवन्धक न्यौपानेले बताउनुभयो ।

“स्तरबृद्धिका लागि भनसुन र दवावसमेत नसुरी सहि मूल्यांकनको आधारमा स्तरबृद्धि गरेका छौं” उहाँले भन्नुभयो “हामी चाहन्छौं कर्मचारीहरु उच्च मनोबलका साथ उद्योगको बृद्धि, विकासमा लागुन् ।”
हाल कर्मचारी तथा मजदुरहरुलाई समयमा तलब, ओटी तथा विभिन्न सुविधाहरु उपलब्ध हुने उद्योग प्रशासनको दावी छ । साथै सरुवा, बढुवा तथा अन्य सेवा सुविधाको हकमा पनि सबैलाई समान ब्यवहार गरिएको महाप्रवन्धक न्यौपानेले बताउनुभयो ।

उद्योगलाई नाफामा लैजाने लक्षका साथ सबै कर्मचारी, मजदुर लागी परेको पनि उहाँले बताउनुभयो । औद्योगिक तथा वित्त व्यवस्थापनमा लामो अनुभव सम्हालेका महाप्रवन्धक न्यौपानेले उद्योगको स्तरोन्नती गर्दै खानीको अधिकतम उपयोग गर्ने योजना बनाउनु भएको छ । उक्त योजना उद्योग र अर्थ मन्त्रालयमा पहल भइरहेको उहाँले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: