Friday, April 17News That Matters

मुख्यमन्त्री राजेन्द्र राईले मयेर चौधरीको घरमै आएर सम्वेदना व्यक्त गरे

पूर्णपुष्टि, मंसिर ५
प्रदेश नं १ का मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरीको छोराको दुखद निधन प्रति घरमै आएर सम्वेदना व्यक्त गर्नु भएको छ ।
आईतबार साँझ मेयर चौधरीको घरमै आएर मृत आत्मा प्रति चिरशान्ती र परिवारमा धैर्यधारण गर्ने शक्तिको कामना गर्दै सम्वेदना व्यक्त गर्नुभयो ।

दुखद निधन छोराको स्वर्गको बास र प्रति परिवारमा धैर्य गर्न सक्ने शक्ति मिलोस मृत आत्मालाई अविर लगाएर शक्तिको कामना गर्दै राईले गरिहरो सम्बेदना प्रकट गरे । हिजो पिकनिक जाँदा पौडीखेल्ने क्रममा डुबेर मेयर चौधरीको ३२ वर्षिय छोरा मनोज चौधरीको मृत्यु भएको थियो । पुत्रशोकमा परेका पार्टीका १ नं. प्रदेश अध्यक्षसमेत रहेका मेयर चौधरीलाई मुख्यमन्त्री राईले सान्त्वना समेत दिए । मुख्यमन्त्री राई उच्च सुरक्षाकर्मीहरु सहित गाईघाट आएर मेयरचौधरीको घरमै पुगी सम्वेदना व्यक्त गरेका थिए ।