Friday, May 22News That Matters

कारले ठक्कर दिँदा तीन जना पैदलयात्रीको मृत्यु

काठमाण्डौँ, चैत २८

नेपालगञ्जको बिपी चोक नजिक गएराति कारले ठक्कर दिँदा तीन जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज ११ निवासी ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र अलि इद्रिसी रहेका छन् ।

प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले पैदल हिँडिरहेका तीनै जनालाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनीहरुलाई त्यहीँ कारमा राखेर चालकले शिक्षण अस्पताल नेपालगञ्ज पु¥याएका थिए । १५ मिनेटपछि नै उनीहरुलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

कार चालक नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी २८ वर्षीय इन्द्रबहादुर थापालाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिनुभयो । (रासस)