Monday, July 13News That Matters

काराेना विरूद्ध लड्न राैतामाइ गापालाइ सहयाेग जुट्दै

पूर्णपुष्टि, चैत १७ ।

कोरोना भाइरसको संक्रमणबाट नागरिकहरुलाई बचाउन सरकारले गरेको लकडाउनको क्रममा खाद्यान्न लगायतका संकट पर्ने सक्ने कुरालाई ध्यानमा राख्दै स्थानीय सरकारहरुले धमाधम कोष खडा गर्ने र कोषमा सहयोग संकलनको कार्यलाई तिब्रता दिएको छ ।

यसै सिलसिलमा सुरुमै पालिका विपदकोषबाट ५ लाख, जनप्रतिनिधीहरुको सात दिनको सुविधा, कर्मचारीहरुको एकदिनको तलब सुविधासमेत गरी १० लाखको कोष खडा गरेको उदयपुरको रौतामाई गाउँपालिकालाई अन्य सहयोग पनि जुट्न थालेको छ । सहयोग जुट्ने क्रममा उदयपुरको समाजसेवी एवम् निर्माण व्यवसायी महेश रेग्मीले अत्तिआवश्यकीय सामग्रीहरुका लागि ७५ हजार सहयोग गर्नुभएको छ । त्यसैगरी त्रियुगा नगरपालिका ६ निवासी केके एस चार्टर एकाण्टका केशब बुढाथोकीले पनि २० हजार रुपैया  प्रदान गर्नुभएको पालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताउनुभयाे ।

सहयोग प्राप्त रकमबाट गाउँपालिकाले कोरोना भाइरस नियन्त्रण कार्यको लागि मास्क, सेनीटाइजर, औषधी लगायत खरिद गरिएको उहाँले बताउनुभयो । खरिद गरिएको सामग्रीहरु एम्बुलेन्समार्फत पालिकामा लगिएको छ । उक्त सामग्रीहरु सबै वडाका स्वास्थ्य केन्द्र तथा नागरिकहरुलाई वितरण गरिने पालिकाले जनाएको छ । सहयोगी दुबैप्रति आभार ब्यक्त गर्दै अध्यक्ष खड्काले इच्छुक सहयोगीहरुहरुले पालिकामा सम्पर्क गर्न अनुरोध गर्नुभयो ।

अहिलेको विषम् परिस्थितिमा यस्ता सहयोगको खाँचो रहेको उहाँले बताउनुभयो । पालिकाबासीलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन उच्च सतर्कता अपनाउदै लकडाउनको बेला पर्नसक्ने खाद्यन्न संकट लगायतका समस्या हलमा पालिका डटेर लागी रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राइले बताउनुभयाे ।