
पूर्णपुष्टि, बैशाख २७ । नेपालगन्जको एक क्लबबाट प्रहरीले एक युवकलाई पेस्तोल सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–८ बर्दियाका २८ वर्षीय सुमन रिजाल रहेका छन् ।
उनलाई नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित किङ क्रस क्लबबाट एक थान अटोमेटिक पेस्तोल र त्यसको एक राउण्ड गोलीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उक्त क्लबमा मंगलबार राति झगडा भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले जाँच गर्ने क्रममा शौचालयमा लुकाइराखेको पेस्तोलसहित रिजाललाई पक्राउ गरेको हो । यस घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
