
पूर्णपुष्टि, बैशाख २७ । भुटानी सरणर्थी प्रकरणमा आज (बुधबार) पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती तथा प्रतिनिधि सभा सदस्य रवी लामिछानेले माओवादी नेतृत्व सरकारलाई धन्यवाद दिएका छन् ।
रवीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल प्रहरीलाई धन्यवाद दिएका हुन् । उनले धन्यवाद दिदैँ यो शिलशिला रोकिन नहुने समेत बताएका छन् । पक्राउ परेका खाणलाई काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको छ।
