Wednesday, April 29News That Matters

किराँती राष्ट्रिय मुक्ति मोर्चामा रामकुमार राई पासाङ’ काे नेतृत्व

पूर्णपुष्टि, बैशाख ३० । किराँती राष्ट्रिय मुक्ति मोर्चा, नेपाल पाँचौ राष्ट्रिय सम्मेलनबाट रामकुमार राई ‘पासाङ’ को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सर्वसहमतीबाट बनेको नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्ष तिलकप्रसाद राई, उपाध्यक्षहरु सुशिला वान्तवा राई, अर्जुन जम्नेली र ज्ञानबहादुर राई चयन भएका छन् । महासचिवमा वसन्त वान्तवा, उपमहासचिवहरुमा रेखराज राई र कुमार जेरो रहेका छन् ।

सचिवहरुमा बिर्सिका राई, सन्तोष मुक्मिन, देवान तिलुङ राई र दिनेश किराँती रहेका छन् भने कोषाध्यक्षमा कृपा राई रहेका छन् । सदस्यहरुमा खोटाङबाट बिजय चामलिङ, मणि बान्तवा, राजेन्द्र राई, उदयपुरबाट कमलादेवी राई, जयकुमार राई, जगबहादुर राई, मैयाकुमारी राई, भोजपुरबाट अनिता राई, सम्भु राई, मन्दिप किरावा, केशरमान राई, सुनसरीबाट जीवन राई, सिर्जना राई, उमा राई, भुपाल राई, चेली राई, मोरङबाट रामकुमार राई, रेवती राई, नवीन राई, अनितादेवी राई, झापाबाट श्यामकुमार राई, रचना कुलुङ, लिलाबहादुर राई, ईन्द्रकुमार राई, काठमाडौबाट निला राई, भक्त किराँती राई, रमेश राई, ललितपुरबाट बिनुकला राई, उत्तम राई, भक्तपुरबाट हरिबहादुर राई, निरा राई, अर्जुन राई, धनकुटाबाट अमृत कुमार राई, रामबहादुर राई, अनिता राई, संखुवासभाबाट दुर्गादेवी याम्फु राई, नयन्द्र नाम्सुङहाङ राई, कुमार राई, पाँचथरबाट निसान राई, ईलामबाट देवकुमार राई, श्याम राई, ओखलढुङ्गाबाट कविराज सुनुवार, मनिसा राई, ताप्लेजुङबाट सीता राई, जयप्रकाश राईर नुवाकोटबाट राजु राई रहेका छन् । लेखा आयोगमा अध्यक्ष डेकेन्द्र राई र सचिवमा जितेन राई, अनुशासन आयोगमा अध्यक्ष सौभाग्यवती राई, सचिव वालकृष्ण राई, निर्वाचन आयोगको अध्यक्ष हर्क छिन्ताङ र सचिव अगमसिङ राई रहेका छन् ।