
पूर्णपुष्टि, भदौ २४
खुवालुङ अभियान्ता तथा पत्रकार राजेन्द्र राई ( दुष्ट) ले किराँत राई यायोख्खाको आउँदो नेतृत्वमा सहयोग गरिदन अपिल गरेको छ । यहि असोज १ गते हुन लागेको जिल्ला अधिवेशनमा अध्यक्षका लागि आफुले तयारी गरिरहेको उनले जनाए । नयाँ नेतृत्वमा आफ्नो पनि पूर्ण आकांक्षा रहेको हुँदा राईले सम्पूर्ण किराँत राई समुदादयको अग्रज व्यक्तित्व तथा प्रतिनिधिहरुलाई सहयोग गरिदिन अनुरोध समेत गरेको छ । लामो समय देखी आफ्नो समुदायको वारेमा लड्दै आएका राईले आफु संस्थामा आजिवन क्रियाशिल सदस्य तथा प्रतिनिधिको रुपमा लामो समयदेखी काम गर्दै आएको अनुवभ सुनाए । राई खुवालुङ बचाउ अभियानमा समेत शक्रिय भएर लागेका थिए । राईले आफ्नो समुदायको पहिचान र सभ्यतालाई भित्रैबाट बुझ्ने र त्यसका लागि आईपर्ने बिभिन्न समस्याहरु त्याग्न सक्ने नेतृत्वले मात्रै समुदायको उदेश्य पुरा गर्ने जनाए । त्यसका लागि पहिचानवादी व्यक्तित्वको रुपमा समेत आफुलाई सावित गरिसकेको जनाए ।

राईले समुदायको बारेमा एकपक्षीय कुराँ गर्दा समाजमा धेरै असहज पैदा हुँदा हुँदै पनि आफ्नो समुदायको लागि आफुलाई सहजै मान्न सक्ने र सहन सक्ने वातावरण बनाएको जनाए । आउँदो यायोख्खाको जिल्ला अधिवेशनले आफुलाई सर्वसहमत रुपमा स्वीकार्नुको कुनै विकल्प नरहेको समेत उनको दावी छ । सामुदायका धेरै व्यक्तिहरु जातियताको आरोप लाग्ने डरले आफ्नो समुदायको हकअधिकारको लागि कुरा गर्न डराउँदै गर्दा आफु भने डटेरै लागि परेको समेत राईको भनाई छ । अधिकारका कुरा गर्दै जाँदा आफुलाई जातिवादी भनेर समेत आरोप लगाउनेहरु कमि नभएको पनि राईको अनुभाव छ ।
खुवालुङको बिषयमा समचार लेख्दा दबाब आएपछि पार्टी परित्याग
राईले राज्यले मेटाउन खोजेको किराँती सभ्यताको खुवालुङलाई जोगाउन निकै मेहनत गरेको छ । उसले यसका लागि पार्टी पनि परित्याग गर्न पछि परेन । प्रेश युनियन चौदण्डीगढीको संयोजक समेत रहेको राईले खुलेर खुवालुङको बारेमा लेख्न र बोल्न नपाएपछि पार्टी समेत परित्या गरे । कांग्रेस पार्टीका क्रियाशिल व्यक्तिको रुपमा चिनाएका राईले खुवालुङ समचार लेख्दा पार्टीका केही व्यक्तिहरुले रोक लगाएको भन्दै विज्ञाप्ती मार्फत पार्टी परित्याग गरेको घोषणा गरेका थिए । उनले केहि समय अघि मात्रै चर्चामा रहेको खुवालुङलाई बचाउन अभियानमै जुटेका थिए । त्यस यता राईलाई पहिचान वादी व्यक्तिको रुपमा धेरैले चिन्ने र स्वीकार्ने काम समेत भयो । किराँती समुदायको हक अधिकार पूर्ण रुपमा शुनिश्चिता गर्ने आफ्नो ठुलो प्रयास रहने भन्दै आउँदो यायोख्खाको नेतृत्व गर्ने अवसरका लागि सबै सँग राईले सहयोगका अपिल गरेको छ ।
आफ्नो संस्कार, संस्कृति भनेपछि हुरुक्कै हुने राई पछिलो अवस्थामा खुवालुङको संरक्षणको विषयमा निकै कडा अभियानको रुपमा लागेका छन् । किराँत राई यायोख्खाको छैटौ जिल्ला अधिवेशनमा सदस्य भएका उनी आठौ राष्ट्रिय महाधिवेशन भोजपुरको लागि प्रतिनिधिमा छनौट भएर सहभागी भएभने संस्थाको आजीवन सदस्यसमेत रहेका छन् । समुदयाको लागि लामो समय सम्म सदस्यमै रहेर भएपनि काम गरेको राईले अब भने नेतृत्वमै जान चाहेको जनाए । ‘म निकै अगाडिदेखि जिल्लाको नेतृत्वमा आउन चाहन्थे साथीभाईहरुको सल्लाहाले पछि हट्दै आउँदा ढिलो भयो, अब मेरो नेतृत्व आवश्यक छ भन्ने ठानेको छु उनले भने, किनकी पहिचान, अस्तित्व र अधिकारको विषयमा किरात राई यायोक्खाको भूमिका सशक्त हुनु पर्ने त्यो महसुश भएन त्यसैले यसपाली अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छु राईले भने,” ।
समुदायमा जनचेतना जागृत गराउनुका साथै किरायाको विधान अनुसार सक्रयरुपमा अधिकार प्रयोग गर्ने प्रतिवद्धता समेत राईले जाहेर गरेको छ । संस्थामात्रै जन्माएर कमै मात्रामा चलायमान भएको उदयपुर जिल्लाको अवस्थालाई फेरी जगाउने र जिल्लावासीमा किरात राई यायोक्खा जागेको रहेछ है भन्ने अनुभव गराउँने आफ्नो पहिलो काम रहेने जनाए । यदी आफु नेतृत्वमा आएको अवस्थामा थाकैथाक रहेको अनेकौ चुनौतिहरुलाई सबैको साथ, सहयोग, सल्लाह र सुझावबाट न्यूनिकरण गर्ने सोँच बनाएको राईको भनाई छ ।
