
पूर्णपुष्टि, भदौ २४ ।
उदयपुरको गाईघाट स्थित मेगा बैंक नेपाल लिमिटेड गाईघाट शाखाले त्रियुगा जनता बहुमुखी क्याम्पस, मोतिगडामा वित्तिय साक्षरता कार्यक्रम सन्चालन गरेको छ । बैंकका शाखा प्रमुख विष्णु कार्कीका अनुसार कार्यक्रममा क्याम्पसका शिक्षक तथा ब्यवस्थापन प्रथम वर्षमा अध्यायनरत विद्यार्थीहरु सहभागि थिए ।
उनीहरुलाई लक्षित गरी बैंकिङ शेयर लगानी तथा मेगा प्रोडक्ट अन्तर्गत विभिन्न बचत खाताहरुका बारेमा जानकारी गराइएको शाखा प्रमुख कार्कीले बताउनुभयाे । सहायक क्याम्पस प्रमुख उमेश पाण्डेको विशेष उपस्थितिमा भएको कार्यक्रममा १०३ जना विद्यार्थीको सहभागिता रहेको थियो । 
