
पूर्णपुष्टि, भदौ २४ गते ।
झापाको बिर्तामोड नगरपालिका–३ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित १ युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड–५ का १९ बर्षीय कालु दास रहेका छन् ।
हिजो बेलुका साढे ५ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले दासलाई संकालागि चेक जाँच गर्दा निजको साथबाट १ ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।ब्राउन सुगर बरामद भएसँगै उनलाई नियन्त्रणमा लिएको हो । ब्राउन सुगर सहित पक्राउ परेका दासको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।
