
पूर्णपुष्टि, बैशाख २९ ।
किराँती राष्ट्रिय मुक्ति माेर्चा, नेपाल पाँचाै राष्ट्रिय सम्मेलनकाे बन्दशत्र धरानकाे लाङ्घाली सामुदायिक बनकाे सभाहलमा आज सञ्चालन भएकाे छ ।
देशभरबाट ३५० प्रतिनिधि सहभागिसहित सुरु बन्दशत्रमा माओवादी नेताहरु ओनसरी घर्ती, हरिबाेल गजुरेल, अजम्बर काङवाङ, सुरेशकुमार राई (हिमाल), रामकुमार राई (पासाङ), सुदन किराँती, दुर्गा राई, नगेन्द्र राई, मणि खम्बु लगायतका नेता छन् ।
बन्दशत्रमा राजनितिक प्रतिवेदन माेर्चाका केन्द्रीय अध्यक्ष राजन किराँती (बासु) ले प्रस्तुत गर्नुभएकाे छ । बन्दशत्रले नयाँ नेतृत्व चयन गर्नेछ ।
त्यसैगरी लिम्बुवान मुक्ती माेर्चा नेपालकाे बन्दशत्र पनि धरानस्थित हरियाली सामुदायिक बनकाे सभाहलमा सञ्चालन भएकाे छ । देशभरकाल २५० प्रतिनिधिसहित बन्दशत्र सञ्चालन भएकाे माेर्चाका केन्द्रीय अध्यक्ष मुक्साहाङ लिम्बू (मुक्ती) ले जानकारी दिनुभयाे । दुबै माेर्चाकाे धरानकाे भानुचाैकमा हिजाे भएकाे संयुक्त उद्घाटन समाराेहलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्बाेधन गर्नुभएकाे थियाे । समाराेहमा पाँचहजार बढी कार्यकर्ताहरुकाे उपस्थिति थियाे ।

