
उदयपुर, माघ ६ गते ।
किराँत राई यायोक्खा जिल्ला कार्य समिति उदयपुरले नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक (एआईजी) ठूले राईलाई अभिनन्दन गरेको छ । समितिले गाईघाटमा एक कार्यक्रमको आयोजना गरी सोमबार एआईजी राईलाई अभिनन्दन गरेको हो ।
राई समुदायबाट सरकारको उच्च पदमा पुग्न सफल भएका राईलाई किराँत राई सस्कार अनुसार फेटा बाधेर सम्मान पत्रका साथ खादा ओढाएर अभिन्नदन गरेको किराँत राई यायोक्खा जिल्ला कार्य समिति उदयपुरका अध्यक्ष बलधन राईले बताए ।
सम्मानीत भएका राईले खुसी व्यक्त गर्दै यहि जिल्लामा शिक्षा हासिल गरेको र आफ्नो कर्मलाई पनि यहिबाट अघि बढाएको बताएका छन् ।
फोटो फिचर

