Wednesday, May 20News That Matters

किशोरी बलात्कार आरोपमा एक पक्राउ

पूर्णपुष्टि, फागुन १२ गते । झापामा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको कन्काई नगरपालिका–८ बस्ने ३९ वर्षीय अशोक बराइली रहेका छन् ।

बराईलीले ती किशोरीलाई गत पुष २९ गते देखि पटक–पटक बलात्कार गरेको जाहेरीका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई बिहिबार साझँ इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले पक्राउ गरेको हो । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।