Tuesday, June 9News That Matters

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा

पूर्णपुष्टि,फागुन १२ । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आफूलाई क्रिकेट खेल्न विदेश जान दिनुपर्ने माग गरी सर्वोच्च अदालतमा दिएको रिटको सुनुवाइ शुक्रबार हुँदैछ। न्यायाधीश ईश्वर खतिवडाको इजलासमा लामिछानेको रिट पेसी तोकिएको छ ।

न्यायाधीश खतिवडाको इजलासमा १५ वटा रिट छन् । तीमध्ये लामिछानेको रिट १५औँ नम्बरमा परेको छ ।

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएई र पिएनजीविरूद्धको एकदिवसीय सिरिजका नेपाली टिम भोलि (शनिबार) युएई जाँदैछ । उक्त सिरिजका लागि आफू पनि युएई जान पाउनु पर्ने भन्दै सन्दीपले सर्वोच्चमा रिट दिएका हुन् ।

उच्च अदालत पटाने सन्दीपलाई क्रिकेट खेल्न विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा रिहा गरेको थियो । उनीविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ।