Tuesday, June 9News That Matters

रामोसले गरे अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

पूर्णपुष्टि, फागुन १२ गते । स्पेनका पूर्व कप्तान तथा पेरिस सेन्ट (पिएसजी) का डिफेन्डर सर्जियो रामोसले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । बिहिबार सामाजिक सञ्जालमा वक्तव्य सार्वजनिक गर्दै ३६ बर्षीय रोमोसले सन्यासको घोषण गरेका थिए ।

हाल फ्रेन्च क्लब (पिएसजी) बाट खेल्दै आएका रामोसले स्पेनका लागि सर्वाधिक १८० खेल खेलेका छन् भने २३ गोल समेत गरेका छन् । स्पेनका लागी एक विश्वकप र दुई युरोकप जितेका रामोसले अब सन्यासको समय आएको बताएका छन् । रामोस सन् २००८, २०१२ को युरोकप र २०१० को विश्वकप विजेता स्पेनी टोलीका सदस्य हुन् ।

तर कतारमा भएको २०२१ को विश्वकपमा भने टोलीमा अटाएनन् । उनले २०२१ मार्च देखि स्पेनका लागी खेल खेलेका थिएनन् । स्पेनका प्रशिक्षक डे ला पुएन्टेले सम्पर्क गरेर आफ्नो योजनामा नरहेको बताएपछि रामोसले सन्यास लिने निर्णयमा पुगेको जनाएका छन् ।