कुटपिटबाट मगरको ज्यान गयो

पूर्णपुष्टि, मंसिर ७
कुटपिटबाट डोटीमा एक जनाको ज्यान गएको छ । बोगटान फुड्सिल गाउँपालिका–१ उल्टेपानीका ४९ वर्षीय धनबहादुर मगरको ज्यान गएको हो ।
स्थानीय टेकबहादुर मगरको घर छाएर खाना खाने क्रममा ३२ वर्षीय मिलन मगर र धनबहादुबीच विवाद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दले बताएका छन् ।
मिलनको कुटाइबाट धनबहादुर गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि दिपायल ल्याउँदै गर्दा बीच बाटोमै ज्यान गएको चन्दले बताउनुभयो ।
कुटपिटमा संलग्न मिलनलाई प्रहरी चौकी चमराचौताराको टोलीले पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: