कुटपिटबाट राईको मृत्यु

पूर्णपुष्टि, पुष २९
संखुवासभाको खाँदवारी नगरपालिका–१ का ४० वर्षीय महेश राईको कुटपिटबाट ज्यान गएको छ । सुङदेल–३ खोटाङ घर भई सोही स्थानमा डेरा गरी बस्ने २८ वर्षीय शम्भु राईलाई महेशको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
मृतक र अभियुक्त बीच पुष २६ गते राती वादविवाद भएको र वादविवादकै क्रममा शम्भु राईले कुटपिट गर्दा महेश राई घाईते भएका थिए । घाईते भएका राईको बुधवार बिहान ज्यान गएको हो । घटनाबारे जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई पक्राउ गरेको छ । हत्याको अभियोगमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: