Sunday, June 7News That Matters

कुलो बनाउन गएका लिम्बु मृत फेला

तेह्रथुम, फाल्गुन १४ गते । 

तेह्रथुमको फेदापमा कुलो बनाउन गरएका टेकहादु लिम्बु मृत फेला परेको छ । फेदाप गाउँपालिका–२ निबासी ५७ बर्षीय लिम्बु पंचमी सल्लेरी सामुदायिक वनको कुलो मुनी मृत फेला परेका हो ।

मंगलवार बिहान ७ बजे कुलो बनाउन भनी गएका लिम्बु घर फर्केर नआएपछी खोजतलास गर्ने क्रममा बुधबार विहान कुलो भन्दा करिव एक सय मिटर तल मृत फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।