Sunday, March 16News That Matters

केन्द्रले गरेको सदस्यता सुद्धिकरण निर्णयबारे पत्रकार महासंघ उदयपुरको आपत्ति

पूर्णपुष्टि, १४ जेष्ठ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले सदस्यता सुद्धिकरणबारे निकालेको अन्तिम नामावलीबारे उदयपुर शाखाले असन्तुष्टि जनाएको छ । महासंघको सुद्धिकरण गर्ने अभियान अन्तर्गत जिल्ला शाखा उदयपुरले सिफारिस गरेको लिष्ट बिपरिद सुद्धिकरण गरिएको भन्दै आपत्ति जनाएको हो । नयाँ नविकरणमा नपरेको र पूनर्विचार नगरी सुद्धिकरण गरेको भन्दै महासंघमा तालानै लगाईएको छ । उनिहरुले यदि सुुद्धिकरणबारे बिचार नगरे आशन्न महासंघको चुनावमा समेत भाग नलिने जनाएको छ । उदयपुर शाखा स्थित प्रेस सेन्टर, प्रेस चौतारी, प्रेस युनियन, समाजवादी प्रेस संगठन, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, किरात पत्रकार महासंघ र तामाङ पत्रकार महासंघ लगायतका संगठन तथा संस्थाहरुको एक्यैबद्धतामा ताला लगाईएको हो ।