केहिदिन देखी गाईघाटमा बढ्यो तिहारको चहल पहल, फोटोफिचर सहित

पूर्णपुष्टि, कार्तिक १८
नजिकिएको तिहार सँगै गाईघाट बजारमा चहल पहल बढेको छ । तिहारका लागि किनमेल तथा अन्य कामका लागि अहिले बजारमा मानिसको चहल पहल बढेको हो । चहल पहल सँगै तिहारको लागि सरसामानहरु पनि अत्यादिक बढेको देखिन्छ । तिहारमा लगाउने सायपत्रि फुल, मखमली फुल लगायत अन्य फुलहरुको बजारमा किन बेच बढेको छ ।

फुलहरु किनबेचको लागि प्रसस्त राखिएको छ । खाद्यन्न तथा लत्ता कपडा र जुत्ता चप्पल किन्नेहरु पनि बजारमा बढी मात्रामा देखिएको छ । २० गते पर्न गएको भाईटिका लागि छोरीचेलीहरु अहिले सामान किन्न बजारमा व्यस्त देखिन्छन् । उनिहरुले आफ्नो माईतीहरुका लागि बिभिन्न सरसामान, मिठो मिठो खानेकुरा, फलफुल रंगिन टिका लगाउने, कपडाहरु जस्ता कुराहरु किन्ने कार्य अहिले बजारमा देखिएको छ ।

तिहार माईती चेलीको लागी अत्यान्तै खुसि र महत्वपूर्ण चाँड हो । यो चाँडमा छोरीचेलीले फुल माला र सेल रोटी र मिठोमिठो खानेकुराहरु दिएर माईतीलाई पुज्ने गर्छ । तिहार नेपालीहरुले मनाउने निकै ठुलो महत्व र बिषेश चाँड पनि हो । त्यसैले यो बेलामा बजारमा अत्यादिक भिँडभाँड र चहल पहल बढेको हो ।

फोटोफिचर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: