Tuesday, May 12News That Matters

केही दिन बर्षाको सम्भावना कायमै

पूर्णपुष्टि/बैशाख, २९

मौसम पूर्वानुमान महाशाखाको अनुसार केहदिन बर्षाकै बढी सम्भावना रहेको जनाएको छ । मौसमी प्रणाली तत्काल हट्ने सम्भावना नदेखिएकाले अझै केही दिन बदलीसँगै वर्षा भइरहने अनुमान महासाखाले गरेको छ ।

विगत केही दिनदेखि नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव सक्रिय रहेकाले यो अवस्था कायम रहने मौसमविद्को भनाइ छ ।

देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव कायमै रहेकाले बदलीसँगै वर्षा भइरहेको मौसमविद्हरुले बताए । यी मौसमी प्रणाली तत्काल हट्ने सम्भावना नदेखिएकाले अझै केही दिन बदलीसँगै वर्षा भइरहने अनुमान उनिहरुको छ ।

हाल देशको सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी सबै प्रदेशमा बदली रहेको छ । दिउँसो देशको अधिकांश भूभागमा सामान्य बदली रही पहाडी भूभागका केही स्थान र तराईका एकरदुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।