
लक्ष्मण प्रसाद शाह
त्रियुगा नगरपालिका–१२, उदयपुर
यस कोरोना माहामारीले विश्वलाई सताईरहदा नेपालमा पनि प्रवेश पायो । करिब एक लाख ७० हजार व्यक्ति जुन विदेशबाट आएर क्वारेन्टाईनमा बस्थ्यो । तेस्रो चरण, चौथो चरणमा आउँदा सरकारले १४ दिनको अवधि दिदै ५ औँ चरण ७० दिनमा सिद्धिनु पर्ने तर आजसम्म क्रम जारी नै रहेको छ । हाल भारतको विहार, युपी लगायतका नेपालसँग सिमाना जोडिएका जिल्लाहरु र बढी आउनेहरु जवसम्म भारतमा कोरोना सान्त हुदैन तव सम्म नेपालमा सान्त गर्छु भन्नु दिवा स्वाप्न नै हुने छ ।
एकातीर देश कोरोनाले पिडित भएको अर्को तिर लकडाउन जुन कोरोना नियन्त्रणको अचुक उपाय हो । यसलाई २/३ महिना लगातार कायम राखिराख्नु पर्ने हुन्छ । सरकारले कोरोना जित्ने काम गरेको ठिकै हो । तर घरको एक सदस्य रोगबाट पिडित छ भने अर्को सदस्य भोकबाट मर्ने अवस्थामा छ । खास गरेर साना व्यापारीहरु, दैनिक ज्यालामजदुरी र गरीवहरुले भोग्नु पर्ने भोकको पिडालाई सरकारले मनन गरी २०७६/७७ को चैत्र र बैशाखमा दिएको राहत रासनको दाल, चामल ग्याँस विना अपुरो रह्यो । चामल, दाल पानीमा के फुलाएर खाने ? त्यो पनि जेष्ठ, असारमै सिद्धियो । अव के खाने ? राहत माग्न संकोच पनि हुन्छ । त्यसैले २००१ साल, २०५१ साल सम्म पनि गाउँघरमा हाम्रो पुस्ताले ज्यान बचाउन एक माना धानको ७ मन पुसमा तिर्ने गरी कर्जा दिएर पनि आफ्नो बंश राखेको थियो । त्यस्तै आजको परिवेशमा जहाँ बैँकहरु पनि बन्द छ । बैँकले कर्जा दिन डराउन र कर्जा लिने पनि डराउँछ । किन कि साँवा, व्याज तिर्ने वातावरण बजारको कुनै व्यवसायको अवस्था नै छैन ।
तर ज्यान पाल्नु पर्ने छ । यस्को लागी सरकारले ३० हजार, ५० हजार, एक लाख एक सालसम्म भएपनि आवश्यकता परिस्थिती हेरी कवली लेन–देन कानुन अनुसार २ वर्षबाट ४ वर्ष अवधि राखेर कर्जा वितरण गर्ने व्यावस्था गर्नु प¥यो । परिवारको १ सदस्य विरामी भयो भने त्यसको मात्रै उपचार गर्ने होईन सवै सदस्यको उपचार गर्नु प¥यो ।
लघुवित्तबाट लिएको कर्जाहरुमा १ लाखको मासिक १० हजार तिर्नु पर्दा धेरै आर्थीक भार परेको छ । किन भने धेरैसँग आर्थीक समस्या आएकोले व्यापारीहरु व्यक्तिगत रुपले चल्न सक्ने अवस्था छैन । त्यसैले यसको मासिक किस्ता ५ हजार गर्दा धेरै नै सजिलो हुने थियो । र सस्थालाई पनि मार पर्दैन किन कि साँवा १० हजार बुझाउँदा लगानी ९० हजार रहन्छ । भने अव लगानी ९५ हजार रह्यो त ९५ हजारको व्याज पनि त आयो ।
हाल भोकको अवस्था यस्तो छ कि धनिको बच्चा मिठो–मिठो खान्छ । गरिबको बच्चा ट्वालट्वाल हेरी रुन्छ । यो वस्था देखि आमा वुवा विवस्थाको आँशु बगाउँछ । यसमा सरकारको विशेष ध्यान जावस् । धन्यवाद !
