Sunday, June 28News That Matters

कोरोना महामारीको खर्च पारदर्शी हुन्छ : अर्थमन्त्रि खतिवडा

पूर्णपुष्टि, जेठ २७ गते ।

कोरोना महामारीका बेला गरिएको खर्च पारदर्शी हुने अर्थमन्त्री डा. युवराज खतिवडाले बताउनुभएको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेसले कोरोना भाइरसको महामारीको नियन्त्रणका बेला समेत सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएको थियो ।

बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसदहरु आसनबाट उठे र विरोध जनाएका थिए । लगत्तै सभामुख अग्नि सापकोटाले सांसद गगन थापालाई बोल्न समय दिएको थियो ।

५ वटा पीसीआर मेसिन र २५ हजार किट किनेर १० अर्ब खर्च देखाउने ?, कोरोना भाइरस नियन्त्रणका नाममा सरकारले चरम लापरबाही र भ्रष्टाचार गरेको भन्दै सांसद थापाले आक्रोश व्यक्त गरेको थियो ।

सांसद थापाले कोरोना महामारी रोकथामका लागि खर्च भयो भनिएको १० अर्ब खर्च कहाँ भयो भनी प्रश्न गरेको थियो ।

सञ्चार मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा अर्थमन्त्री खतिवडाले कांग्रेसको प्रश्नको समेत जवाफ दिदै सरकारी खर्च पारदर्शी हुन्छ र महामारीका बेला गरिएको खर्च पारदर्शी हुन्छ ।

अर्थमन्त्री खतिवडाले कोरोनाको शीर्षकमा भएका खर्च पारदर्शी गर्ने र जनताका बीचमा सार्वजनिक गर्ने पनि बताउनुभयो ।