
पूर्णपुष्टि, माघ ४
कोरोना संक्रमण तिव्र फैलिन थालेपछि काठमाण्डौँको सिडियोहरुले तत्कालै २७ बुदे आदेश जारी गरेको छ । काठमाण्डौँको उपत्यकामा रहेका तिनै ओटा जिल्ला प्रशासन कार्यालयहरुले कोरोना रोकथाम तथा नियन्त्रणलाई सहयोग पुराउन २७ बुदे आदेश जारी गरेको जनाएको छ ।
जारी आदेश यस प्रकारको छ ।
१। सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप संवत् २०७८ साल माघ मसान्तसम्म सञ्चालन नगर्ने ।
२। गोष्ठी, सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलापहरु सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने । भौतिक रुपमा उपस्थित भई गर्नुपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी बढीमा २५ जना मात्र सहभागी हुने गरी सञ्चालन गर्ने साथै संवत् २०७८ साल माघ ७ गते पश्चात खोपको पूरा मात्रा लगाएका व्यक्तिहरु मात्र उपस्थित हुने गरी गर्ने ।
३। सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल, पटके
हाटबजार र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम संवत् २०७८ साल माघ १५ गतेसम्म सञ्चालन नगर्ने, नगराउने ।
४। विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा संवत् २०७८ माघ १५ गतेसम्म भौतिक उपस्थितिमा नगरी भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइ विधिहरु अपनाई सञ्चालन गर्ने ।
५। विद्यालय, कलेजका पूर्व निर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षा, वैदेशिक रोजगारी र अध्ययनका लागि सञ्चालन गरिने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षाका सवै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्ने ।
६। मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी संवत् २०७८ साल माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने गराउने ।
७। यही माघ ७ गते देखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड ९मोबाइलमा फोटो भएपनि हुने० अनिवार्य गर्ने ।
८। सपिङ मल, डिपार्टमेन्ट स्टोर, सुपर मार्केट वा अन्य प्रकारका पसल एक पटकमा २५ जना भन्दा बढी हुन नहुने, कुनै पनि सामान अनावश्यक रुपमा नछुने, दुई व्यक्तिको बीचमा कम्तीमा दुई मिटर दूरी कायम गर्ने, मास्क अनिवार्य गर्ने, पटक–पटक साबुन पानीले हात धुने वा सेनिटाइज गर्ने गरी सञ्चालन गर्ने । जनस्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्ने गराउने दायित्व सम्बन्धित व्यवस्थापक वा सञ्चालकको हुने ।
९। पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको बढीमा एक तिहाईमा नबढ्ने गरी बढीमा पचास जना मात्र उपस्थित रहने तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीबाट पूर्व स्वीकृति लिई विवाह, व्रतबन्ध, न्वारन तथा पास्नी जस्ता धार्मिक, सांस्कृतिक, सामाजिक वा अन्य कार्यक्रम सञ्चालन गर्ने ।
१०। रङ्गशालामा दर्शकसहितको खेलकुद कार्यक्रम गर्दा एक पटकमा कुल क्षमताको एक तिहाई मात्र उपस्थित रहने गरी जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी सञ्चालन गर्ने । उपस्थित दर्शकहरु मध्ये आयोजकको खर्चमा एक तिहाई दर्शकलाई रेन्डम छनोटको आधारमा एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउने । संवत् २०७८ साल माघ ७ गते पश्चात त्यस्तो खेलकुद कार्यक्रममा खोपकार्डको आधारमा रङ्गशालामा प्रवेश गर्न दिने ।
११। धार्मिक वा सांस्कृतिक जात्रा, पर्व, विवाह, न्वारान, पास्नी, व्रतवन्ध, धार्मिक अनुष्ठान, मृत्यु संस्कार लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु सञ्चालन गर्दा पचास जना भन्दा बढी नहुने र जनस्वास्थ्यका मापदण्डको पालना हुने गरी मात्र सञ्चालन गर्ने ।
१२। माथि उल्लेख भए बाहेकका एक पटकमा पच्चीस जना भन्दा बढी जम्मा हुने क्रियाकलाप सञ्चालन गर्नुपरेमा प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृतिमा जनस्वास्थ्यका मापदण्डलगायत तोकेका मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिएर मात्र सञ्चालन गर्ने ।
१३। सार्वजनिक यातायात सञ्चालन सम्बन्धमा देहायबमोजिम गर्नेः
९क० सिट क्षमता भन्दा बढी यात्रु नराख्ने,
९ख० सबै यात्रुलाई मास्क अनिवार्य गर्ने,
९ग० सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्ने,
९घ० चालक तथा सहचालकले मास्क र फेससिल्ड लगाउनु पर्ने,
९ङ० सवारी साधनलाई दैनिक रुपमा निसङ्क्रमित गर्नु पर्ने,
९च० सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा पाँच रुपैया लिई मास्क उपलब्ध गराउनु पर्ने,
९छ० मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न नदिने,
९ज० लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीचबाटोमा थप यात्रु नचढाउने गरी शुरु गन्तव्यदेखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने र यात्रुहरुको विवरण जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९डिसिसिएमसि० लाई उपलध गराउने,
९झ० लामो दूरीमा चल्ने सार्वजनिक यातायातका यात्रुहरुलाई सम्भव भएसम्म एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउने ।
१४। कार्यालय र पसल जस्ता सार्वजनिक स्थलमा सेनिटाइजर र मास्कको प्रयोग अनिवार्य गर्ने । कुनै
व्यक्तिले मास्क नलगाई आएमा ब्यवस्थापकले बढीमा पाँच रुपैयाँ लिई मास्क उपलब्ध गराउने । मास्क नलगाउने व्यक्तिलाई कार्यालय तथा पसलमा प्रवेश गर्न नदिने ।
१५। होटेल तथा रेष्टुरेण्टले देहायवमोजिमका मापदण्ड पालना गरी सेवा दिनेः
९क० होटेल तथा रेष्टुरेण्टका कामदारले अनिवार्य रुपमा मास्क, फेससिल्ड र पञ्जा लगाउने,
९ख० होटेल तथा रेष्टुरेण्टमा प्रवेश गर्ने सबै सेवाग्राहीलाई मास्क अनिवार्य गर्ने,
९ग० कुल क्षमताको आधा भन्दा बढी नहुने गरी कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्नु पर्ने,
९घ० सेनिटाइजरको व्यवस्था गर्नु पर्ने,
९ङ० होटेल तथा रेष्टुरेण्टलाई नियमित रुपमा निसङ्क्रमित गर्नु पर्ने,
९च० होटेल तथा रेष्टुरेण्टमा कुनै सेवाग्राही मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा पाँच रुपैयाँ लिई मास्क उपलब्ध गराउनु पर्ने र मास्क नलगाउने व्यक्तिलाई होटेल तथा रेष्टुरेण्ट प्रवेश गर्न नदिने,
९छ० संवत् २०७८ साल माघ ७ गते पछि खोपको पूर्ण मात्रा लगाएका सेवाग्राहीलाई मात्र खोप कार्डको आधारमा होटेल तथा रेष्टुरेण्टमा प्रवेश गर्न दिने,
९ज० होटेलले चेकइन गर्दाको अवस्थामा वा चेकइन गरेको २४ घण्टा भित्र आफ्नो होटेलमा बास बस्ने प्रत्येक ग्राहकको एन्टिजेन परीक्षण गर्ने, त्यसपछि प्रत्येक ७२ घण्टामा एन्टिजेन परीक्षण गर्ने र सोको विवरण डिसिसिएमसीलाई उपलब्ध गराउने ।
१६। राष्ट्रिय राजमार्गहरुमा सञ्चालित होटेल तथा रेष्टुरेण्टहरुले बँदा नं। १५ को खण्ड ९छ० बाहेकका जनस्वास्थ्यका अन्य मापदण्डहरु पालना गरी भिडभाड नहुने व्यवस्था मिलाई आलो पालो गरी सेवा दिने ।
१७। सबै प्रकारका व्यवसायहरुको अग्रपङक्तिको काउन्टरमा रही काम गर्ने र ग्राहकहरुलाई नियमित सेवा दिने कर्मचारीको सम्बन्धित निकाय वा संस्थाले हप्ताको दुई पटक एन्टिजेन परीक्षण गराई रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई मात्र काममा खटाउने ।
१८। जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड–१९ को लक्षण देखिएमा अनिवार्य रुपमा पाँच दिन क्वारेन्टिनमा बस्ने र ५ दिन पछि कोभिड–१९ परिक्षण गरी रिपोर्ट नेगेटिभ आएमा मात्र काममा आउने ।
१९। सार्वजनिक तथा निजी सेवा प्रदायकले सम्भव भएसम्म विद्युतीय प्रणालीमार्फत सेवा प्रदान गर्ने व्यवस्था मिलाउने ।
२०। नियमित रुपमा सञ्चालन हुनु पर्ने स्वास्थ्य सेवाहरु जनस्वास्थ्यका मापदण्ड पालना गरी नियमित सञ्चालन गर्ने ।
२१। कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार र निगरानीका लागि आम नागरिकले देहाय वमोजिम गर्नेः
९क० जनस्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्ने,
९ख० घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, प्रयोग गरिएका विसर्जन गर्नुपर्ने । मास्क बन्द डस्टविन वा प्लास्टिक झोलामा बन्द गरी सुरक्षित साथ राखी पाँच दिन पछि मात्र विसर्जन गर्ने,
९ग० घर तथा सार्वजनिक स्थानमा जथाभावी नथुक्ने र प्रयोग गरेका मास्क नफाल्ने,
९घ० विदेशबाट नेपाल आउँदा वा निकट सम्पर्कमा रही कन्ट्याक्ट ट्रेसिङमा परेमा परीक्षणबाट नतिजा नेगेटिभ भए तापनि कम्तीमा पाँच दिन होम क्वारेन्टिनमा अनिवार्य रुपमा बस्ने,
९ङ० पी।सी।आर। परीक्षणका लागि प्रयोगशालामा स्वाब दिएपछि नतिजा नआएसम्म बाहिर हिँडडुल, भेटघाट र बैठक नगर्ने,
९च० स्थानीय तहमा क्वारेन्टिन र आइसोलेसनमा बसेका व्यक्तिलाई सक्दो सहयोग गर्ने,
९छ० अन्य व्यक्तिले जनस्वास्थ्यका मापदण्ड पालना नगरेमा स्थानीय तह, स्थानीय प्रशासन, स्वास्थ्य संस्था, टोल सुधार समिति, उपभोक्ता समिति वा सम्बद्ध अन्य निकाय वा संस्थालाई यथाशिघ्र जानकारी गराउने,
९ज० होम आइसोलेसनमा बसेका व्यक्ति स्वास्थ्यकर्मीको नियमित सम्पर्कमा रहने र स्वास्थ्यसम्बन्धि कुनै समस्या भएमा तुरुन्तै नजिकको अस्पतालमा जाने ।
९झ० नेपाल सरकारले तोके वमोजिम कोभिड–१९ विरुद्धको खोप लगाउने ।
२२।यस आदेशमा उल्लेख भए बाहेकका अन्य सेवा वा कार्यसँग सम्बन्धित निकाय, सार्वजनिक, निजी, गैरसरकारी संघसंस्था, कलकारखानाले त्यस्तो सेवा वा कार्य सञ्चालन गर्दा गराउँदा जनस्वास्थ्यका मापदण्ड पालना गर्नु गराउनुपर्ने ।
२३। संस्थाको साधारण सभा वा वैठकमा भर्चुअल र भौतिक उपस्थितिलाई समेत गणपुरक संख्या मान्ने ।
२४। कोभिड–१९को रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि नेपाल सरकारवाट भएको निर्णय र यस आदेशको पालना गराउन सवै राजनीतिक दल, स्थानीय तह, निजीक्षेत्र, नागरिक समाज, गैरसरकारी संस्था, संचारजगत र आमनागरिक सबैलाई आवश्यक सहयोग समन्वय एवं सहजीकरणको लागि अनुरोध छ ।
२५। कोभिड–१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि नेपाल सरकारवाट भएको निर्णयमा जिम्मेवारी तोकिएका निकायको कार्य सम्पादनमा आवश्यक सहयोग, सहजीकरण तथा अनुगमन गरिनेछ ।
२६। आदेशमा लेखिए भन्दा भिन्न कुनै आकस्मिक परिस्थिति सिर्जना भएमा नजिकको सुरक्षा निकाय वा एकाइमा जानकारी गराउनु हुन ।
२७। यस आदेशको पालना गर्नु सबैको कर्तव्य हुनेछ । यस आदेशको अवज्ञा गर्ने वा आदेश कार्यान्वयनमा बाधा पुयाउने व्यक्ति तथा संस्थालाई सङ्क्रामक रोग ऐन,२०२० वमोजिम कारबाही र सजाय हुनेछ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण नेपालमा समेत बढ्दै गएको सन्दर्भमा सोको रोकथाम, नियन्त्रण, निदान र उपचारलाई थप प्रभावकारी बनाउन नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७८र०९र३० गतेको निर्णयबाट जारी आदेश, संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी यस जिल्लामा मिति २०७८र१०र४ गते राती १२ः०० बजे देखि अर्को सूचना नभएसम्म लागू हुने गरी देहायको आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौँले जनाएको छ ।
