Thursday, July 2News That Matters

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

पूर्णपुष्टि, भदौ १३

नेपालमा आज थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु  हुनेको संख्या दुई सय सात जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तीन जना महिला र नौ जना पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पर्सा, काठमाण्डौ, भक्तपुर र ललितपुरमा दुई÷दुई जनाको मृत्यु भएको छ । त्यस्तै पाल्पा, सिरहा, गोरखा र कास्कीमा एक÷एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३७ हजार दुई सय ८० पुगेको छ भने निको भएर डिस्चार्ज हुनेको संख्या २० हजार पाँच सय ५५ जना पुगेको मन्त्रालयले जनाएको छ ।