Thursday, May 28News That Matters

कोरोना सङ्क्रमित महिलासँग यात्रा गरेका तीन जनाको रिपोर्ट ‘नेगेटिभ’

पूर्णपुष्टि, बैशाख ३ गते । 

कैलालीमा कोरोना सङ्क्रमण भेटिएकी महिलासँगै आएका दाङका तीन जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

दाङको बेलझुण्डीका कोरोना विशेष अस्पतालको आइसोलेसन वार्डमा रहेका १४ जनामध्ये नौ जनाको कोरोना भाइरस परीक्षणका लागि मंगलबार स्वाब काठमाण्डौ पठाइएको थियो ।

नेगेटिभ रिर्पोट आएका ४ जनामध्ये कोरोना संक्रमित महिलासँग तीन जना आएका थिए । अस्पतालमा रहेका १४ जनामध्ये नौ जनाको स्वाब मंगलबार पठाए पनि बाँकी पाँच जनाको स्वाब आज पठाइने छ ।