Monday, May 11News That Matters

कोशी डान्स च्याम्पको अडिसन भोलीबाट सुरु हुने

पूर्णपुष्टि, १४ भदौ ।
भोलीबाट कोशी डान्स च्याम्प २०८१ सुरु हुने भएको छ । उक्त प्रतियोगिताको अडिसन भोली उदयपुरको बेल्टार बजारबाट सुरु हुने छ । भाईरस डान्स क्याम्पको प्रस्तुततिमा प्रदेश स्तरीय एकल नृत्य प्रतियोगिता हुन लागेको हो । यो प्रतियोगिता विभिन्न स्थानहरूमा आयोजना हुनेछ, जसमा बेलटार, रामपुर, धरान, बेलबारी(उर्लाबारी, काकडभिट्टा, इटहरी, कोशी, कटारी र गाईघाट समावेश छन् ।
प्रतियोगितामा विजेताहरूलाई आकर्षक पुरस्कारहरू प्रदान गरिनेछ । प्रथम पुरस्कार रु। १,११,१११र(, द्वितीय पुरस्कार रु। ५५,५५५र(, तृतीय पुरस्कार रु। ३३,३३३र( र सान्त्वना पुरस्कार रु। ८,८८८र( रहेको छ।

इच्छुक सहभागीहरूले फारम भर्न र अन्य जानकारीको लागि ५८११५६२०५५, ५८२०२३५८२० वा ५८०५३१४९०५ मा सम्पर्क गर्न सक्नेछन् । फारम भर्दा ५ प्रति पासपोर्ट साइजको फोटो र जन्मदर्ता वा नागरिकताको फोटोकपी अनिवार्य रूपमा आवश्यक पर्नेछ ।
यो प्रतियोगिताले स्थानीय प्रतिभाहरूलाई आफ्नो कला प्रदर्शन गर्ने र राष्ट्रिय स्तरमा पहिचान बनाउने अवसर प्रदान गर्नेछ ।