पूर्णपुष्टि, भदौ १ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते सोमबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री थापाले शुक्रबार प्रदेश सभा सचिवालयमा भदौ ३ गतेको समय निर्धारण गर्दै विश्वासको मत लिने प्रस्ताव पेश सम्बन्धि सुचना दिएका थिए ।
सभामुखका भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारले ४ गतेको समय दिएको मुख्यमन्त्री थापाले जानकारी दिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने सैवैधानिक प्रावधान रहेकोले सोही अनुसार थापाले विश्वासको मत लिन लागेका हुन् । थापा दोस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यस अघि नेकपा एमालेबाट मुख्यमन्त्री बनेको हिक्मत कुमार कार्कीले विश्वासको मत नपाएपछि असार २१ गते थापा मुख्यमन्त्री नियुक्त भएका थिए ।
तर, थापा मुख्यमन्त्रीमा नियुक्त हुँदा सभामुख बाबुराम गौतमको समर्थन सहित हस्ताक्षर पनि प्रयोग भएको थियो । सभामुखको हस्तारक्षर प्रयोग गर्नु असंवैधानिक भन्दै पूर्वमुख्यमन्त्री कार्कीले सर्वोच्चमा मुद्धा दायर गरेका थिए । कार्कीले दायर गरेको मद्धामा सर्वोच्चले सुनुवाई गर्दै मुख्यमन्त्री थापाको नियुक्त बदर गरिदिएको थियो । त्यसपछि गठबन्धनले सभामुख गौतमलाई राजिनामा गराएर साउन १६ गते थापा पुन स् मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।