Tuesday, April 21News That Matters

कोशी प्रदेशमा बाढीले क्षति गरेको सडकबारे एमाले सचिव भट्टराईले गराए सरकारलाई ध्यानाकर्षण

पूर्णपुष्टि, बैशाख १७ । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले गएराति परेको अविरल वर्षाका कारण कोशी लोकमार्गलगायत पूर्वी नेपालका मुख्य सडकहरूमा भएको व्यापक क्षतिलाई लिएर सरकारको ध्यानाकर्षण गराएका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत सचिव भट्टराईले भनेका छन्, ‘गत रातिको अविरल वर्षासँगै आएको बाढीले कोशी लोकमार्ग, तमोर, कोरिडोरलगायत विभिन्न स्थानमा सडकमा क्षतिका कारण यातायातमा समस्या भएको छ । तत्काल वैकल्पिक मार्ग निर्माण गरी यातायात सुचारु गर्न र क्षति भएका सडकको पुनर्निर्माण गर्न सरकारको ध्यानाकर्षण गर्दछु ।’