कोशी प्रदेश भरीकै मध्ये जिल्ला अस्पताल उदयपुर उत्कृष्ट घोषित

पूर्णपुष्टि, कार्तिक २३ । कोशी प्रदेश अन्तर्गतका अस्पतालहरु मध्ये जिल्ला अस्पताल उदयपुर उत्कृष्ट घोषित भएको छ ।

कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले आर्थिक बर्ष २०७९÷०८० को कार्य सम्पादन मुल्यांकनको आधारमा प्रदेश भरीकै अस्पालमध्ये जिल्ला अस्पताल उदयपुरलाई उत्कृट घोषित गरेको हो । जिल्ला अस्पताल उदयपुर प्रदेश भरकै उत्कृष्ट भएसँगै बुधबार बिराटनगरमा आयोजित एक कार्यक्रमको बिच पुरस्कृत भएको हो ।

जिल्ला अस्पताल उदयपुरका मेसु डा. ज्ञानेन्द्र झाले विराटनगरमा आयोजित कार्यक्रममा पुरस्कार ग्रहण गरेका थिए । डा. ज्ञानेन्द्र झाका अनुसार जिल्ला अस्पतालको गुणस्तरीय सेवा, भौतिक पूर्वाधार, सरसफाई लगायतका विभिन्न सूचकको आधारमा उत्कृष्ट हुँदै पुरस्कृत भएको हो ।पछिल्लो समय जिल्ला अस्पताल उदयपुरमा विशेषज्ञ चिकित्सकहरुबाट गुणस्तरीय सेवा पाउन थालेपछि उदयपुर लगाएत छिमेकी जिल्लाका नागरिक समेत उपचारका लागी आउने गरेका छन् । विगतमा लामो समय सम्म चिकित्सक अभाव हुदाँ सन्तोषजनक सेवा दिन नसक्दा जिल्ला अस्पताल प्रति स्थानिय नागरिकहरुमा वितृष्णा जाग्ने गरेको थियो ।

जिल्ला अस्पतालमा इमरजेन्सी सेवा संगै प्रसुती, बालबालिका, हाडजोर्नी लगायत विशेषज्ञ सेवाहरु जिल्ला अस्पतालमै पाउन थाले पछि स्थानिय नागरिकहरु पनि जिल्ला अस्पताल उदयपुर प्रति आकर्षित हुन थालेको नागरिकहरु बताउछन् । १४ जिल्ला रहेको कोशी प्रदेशमा मुल्यांकनको आधारमा ताप्लेजुङ जिल्ला अस्पताल दोस्रो भएको छ भने सोलुखुम्बु जिल्ला अस्पताल तेस्रो भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
1
+1
5
+1
2
+1
0
+1
3