
पूर्णपुष्टि, कार्तिक २३ । उदयपुरमा सार्वजनिक मुद्धाका २ सहित गाली बैजती मुद्धाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका–४ बस्ने ४५ बर्षीय गोरे भन्ने पुर्ण बहादुर तामाङ, गोबर्धन चामाङ र बे.न.पा.२ बस्ने ४५ बर्षीय घनश्याम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार बुधबार ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्धामा फैसला गरी सजाय तोकेका उनिहरुलाई पक्राउ गरेको हो ।
सार्वजनिक अपराध मुद्दामा गोरेलाई जिल्ला अदालतको मिति २०७३।०५।१२ गतेको फैसलाले १ हजार ४ सय ७५ रुपैँया जरिवाना तोकेको थियो भने २०७३।०५।०६ गतेको फैसलाले चौधरीलाई रु. १ हजार ४ सय ५० रुपैँया जरिवान तोकेको र गाली बैजती मुद्दामा २०६५।०२।२४ गतेको फैसलाले गोबर्धनलाई रु. ५० रुपैँया जरिवाना तोकिएता पनि फरार रहेको उनिहरु पक्राउ गरिएको डिएसपी चौधरीले जनाए । पक्राउ परेका उनिहरुलाई फैसला कार्यान्वयनका लागी बुधबार जिल्ला अदालत पठाईएको डिएसपी चौधरीले जनाए ।
