
पूर्णपुष्टि, बैशाख ८ गते ।
क्यानडामा प्रहरीको भेषमा आएका एक बन्दुकधारीले एक दर्जन मानिसको मृत्यु भएको छ । नोभा स्कोटिया प्रान्तमा बीन्दुकधारीले चलाएको गोली लागेर १३ जनाको मृत्यु भएको हो ।
उक्त घटनामा एक जना महिला अधिकारीको पनि मृत्यु भएको क्यानडेली प्रहरीले जनाएको छ । बन्दुकधारीलाई पक्राउ गर्न प्रहरीले १२ घण्टा कारमा पछ्याएको थियो । बन्दुकधारीको मृत्यु भएको बताइएको छ । बन्दुधकारीले अन्धाधुन्ध गोली चलाउन थालेपछि पोर्टापिक्युका बासिन्दालाई घरभित्रै बस्न भनिएको थियो ।
बन्दुकधारी प्रहरीको जस्तै देखिने कारमा आएको बताइएको छ ।
बन्दुकधारीले नोभा स्कोटियाको विभिन्न क्षेत्रमा अन्धाधुन्ध गोली प्रहार गरेकाले वास्तविक मृत्यु हुनेको संख्या पत्ता लगाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
