
पूर्णपुष्टि, ११ बशाख ।
बैशाख १६ गते त्रियुगा नगरपालिका वडा नं ११ मित्र टोल स्थित १० बर्षिया बालिका निशा खड्कालाई बिद्युत प्राधिकरणको लापर्वाहीले करेन्ट लागेको भन्दै पिडित परिवारले क्षतीपूर्तिको माग गरिरहेको छ ।
बैशाख १६ गते करिब ६ बजेको समयमा छिमेकी हरी नारायण शाहको घरको छतमा खेल्दै गरेको अवस्थामा घरको छत नजिकै रहेको नाँगो तार हावाले लतारेर ल्याई करेन्ट लागेको पिडित परिवारले जनाएको छ । करेन्ट लागेर गम्भीर घाईते भएकी निशाको जिल्ला अस्पताल उदयपुर, नोवेल बिराटनगर हुँदै हाल काठमाण्डौँ स्थित कृतिपुर हस्पिटलमा उपचार भैरहेको घाईतेकी बाजे भिम बहादुर खड्काले जनाए ।
प्राधिकरणले तारलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न नसक्दा घटना घटेको स्थानीयहरुको आरोप छ । मित्र टोल स्थित छिमेकी शाहको घरको छत नजिकै नाँगो तार अव्यवस्थित अवस्थामा रहेको छ । स्वयम शाह आफैले बाराम्वार प्राधिकणलाई पोल सार्न मौखिक र लिखित निवेदन दिएको भएपनि प्राधिकरण अटेर गरेका कारण घटना भएको जनाईएको छ । प्राधिकरणले भने उल्टै पिडित परिवार र घर बनाउने शाहको दोष देखाउँदै आएको आरोप छ । नेपाल विद्युत प्राधिकरण उदयपुर वितरण केन्द्रले भने पोल गाडेपछि घर बनाईएको भन्दै प्राधिकरणकको गल्ती नभएको जनाउँदै पन्छीन खोजेको पिडित परिवारको आरोप छ । घटना पछि स्थानीयहरुले लापर्वाही बारे कुरा उठाउँदा प्राधिकरणले छानविन समिति बनाएर आवश्यक काम कार्वाही र क्षतीपूर्तिबारे अध्यान गर्ने जनाएका थिए । तर प्रतिवेदनमा प्राधिकरणको कुनै दोष नभई स्वयम घाईते र घर निर्माण गर्ने व्यक्तिको भएको भन्ने आशय रहेको परिवारले जनाएको छ ।
प्राधिकरणले आफ्नो गल्तीलाई सरासर लुकाउँदै क्षतिपूर्तिबाट पन्छीन खोजेपछि पिडित परिवारले मानवअधिकार, पत्रकारहरुको सहायता लिएको जनाए । शुक्रबार पत्रकार सम्मेलन गर्दै आफुहरु पिडितमाथी थप पिडित भएको घाईतेकी बाजे भिम खड्काको भनाई छ । प्राधिकरणले क्षतीपूर्तिको त के कुरा गल्ती स्वीकार समेत गरेको छैन् एक चोटी पिडित परिवारमाथी दयाको बचननै गरेको छैन् खड्काले भने । उचित क्षतिपूर्ति प्राधिकरणले दिनु पर्ने स्थानीय र पपरिवारको माग छ । यदि नदिए स्थानीयहरु प्राधिकरण घेराउ गर्न पनि तयारी अवस्थामा रहेको जनाए ।
प्राधिकरणले आफ्नो गल्ती स्वीकार गरी तत्काल क्षतिपूर्ति पिडित परिवारलाई प्रदान गर्न मानवअधिकार कर्मी, स्थानीय र बुद्धिजीबीहरुले माग समेत गरेको छ । पिडित परिवारले बिमाले पनि क्षतिपूर्ति दिन नमानेको जनाए । निशा खड्काको नाममा ४ लाखको बिमा समेत रहेपनि बिमा कम्पनीले दुर्घटना जोखिम बिमा दिन नसक्ने जनाएको परिवारको भनाई छ । पटक पटक पोल सुरक्षित स्थानमा सार्न निवेदन स्थानीयहरुले दिएपनि प्राधिकरणकै व्यवस्थाको कारण घटना भएको आरोप छ ।