Wednesday, June 17News That Matters

क्ष्टकर जीवन विताउँदै आएका १४ बालकसहित ३२ मानवको उद्धार

पूर्णपुष्टि, भदौ २२ गते ।
धरान उपमहानगरपालिकाभित्र सडकमा बसेर कष्ठकर जीवन गुजारा गर्दौ आएका १४ बालकसहित ३२ मानवलाई उद्धार गरिएको छ । मंगलबार राति १२ बजेतिर इलाका प्रहरी कार्यालय धरानको सहयोगमा धरान उपमहानगरपालिकाले उनीहरुको उद्दार गरेको हो ।
सडकमा जथाभावी हिँड्ने र बाटो काट्ने कारणले सवारी सञ्चालनमा असर पर्दै आएको थियो ।
सडक मानवले गर्ने फोहोरका कारण धरान दुर्घन्धित भएको थियो । सडकमा जथाभावी बालकदेखि वृद्धावृद्धाहरु जथाभावी हिँड्ने र भेला गर्ने भएकाले शान्ति सुरक्षामा असर पु¥याउँदै आएका थिए । धरानलाई सडक मानव मुक्त सहर बनाउने उद्देश्यले उनीहरुलाई उद्धार गरिएको हो ।
धरानको विभिन्न चोक र गल्लीमा बसेर कष्टकर जीवन विताउँदै आएका १४ बालक, ५ महिला र १३ पुरुषलाई उद्धार गरिएको उनले बताए । उनीहरुलाई धरानको भानु चोक, बुद्ध चोक, लाघांली चोक, पुतली लाइन, छाता चोकलगायतका स्थानबाट उद्धार गरिएको छ ।
उद्धार गरिएका महिलालाई माया घर इटहरी, बालकहरुलाई बालबालिका खोज तथा उद्दार केन्द्र बेलवारी, अन्यलाई भियोसी इटहरी र विराटेश्वर मानव आश्रम विराटनगरमा पठाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
बालबालिकासहित सडक मानवहरु लागुऔषद्य सेवन गर्ने र चोरी डकैतिका घटनामा संलग्न हुने गरेकाले उनीहरुको उद्दार गरिएको प्रहरीको भनाई छ ।