Wednesday, May 20News That Matters

खानेपानी भवनको हात्तिपाईले खनेर ल्याव टेस्ट गरिने

सुनिल राई (उदयपुर)

पूर्णपुष्टि, २९ फागुन ।
त्रियुगा खानेपानी उपभोक्ता समितिको भवन अनुगमन निरन्तर रुपमा भैरहेको छ । मंगलबार त्रियुगा नगर उपप्रमुख महेश्वरी राई सहित वडा अध्यक्ष सुमन्त कोईराला, प्रमुख प्रशासकीय अधिकृत बिष्णु भक्त सिग्देल र त्रियुगा नगरपालिकाका प्राविधिकहरुले संयुक्त अनुगमन गरेका थिए । उक्त भवनको हात्तिपाईले खनेर ल्याव टेस्ट गरिने उपप्रमुख राईले बताईन् ।बाँकी पिलर लगायतको भागहरुको रिपोर्ट आएपछि पून ः अनुगमन गरी स्थानीयहरु सहितको उपस्थितिमा भवनलाई कसरी निर्माण गर्ने भन्ने छलफल गरिने उपमेयर राईले जनाईन् ।