Friday, May 22News That Matters

खानेपानी संस्थानका प्रमुख इन्जिनियर घुससहित पक्राउ

पूर्णपुष्टि, साउन २६

नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनियर घुस सहित पक्राउ परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रमुख इन्जिनियर सन्तोष साहलाई दुई लाख ३३ हजार पाँच सय र बैंकमा जम्मा गरेको आठ लाख २२ हजार रुपैयाँको भौचरसहित आइतबार धादिङको धुनिबेँसीबाट पक्राउ गरेको हो ।

खानेपानी शाखा कार्यालयका सेवाग्राहीसँग घुसबापतको रकम उठाएर काठमाण्डौ आएको सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको आयोगले जनाएको छ ।