खानेपानी सिचाई तथा उर्जा मन्त्री नायारण बुर्जा मगरलाई गृह जिल्लामा स्वागत

पूर्णपुष्टि, माघ २७ । खानेपानी सिचाई तथा उर्जा मन्त्री नायारण बुर्जा मगरलाई गृह जिल्लामा भव्य स्वागत गरिएको छ । मन्त्री नारायण बुर्जा मगरलाई शनिबार माओवादी केन्द्र त्रियुगा नगर कमिटिले पार्टी कार्यालयमा सुभकामना तथा बधाई कार्यक्रमको आयोजना गरी गृह जिल्ला उदयपुरमा स्वागत गरेको हो ।

माओवादी कार्यकर्ताद्धारा आयोजित कार्यक्रमलाई सम्बोधान गर्दै मन्त्री मगरले खानेपानी सिचाई तथा उर्जा मन्त्रालय आफुले प्राप्त गरेको भन्दा पनि सिङ्गो प्रदेशको पार्टीले प्राप्त गरेको बताउनुभयो । आफुमा लोभ लालच नरहेकोले मन्त्रालयलाई सफल बनाउँन स्वच्छ तरिकाले काम गर्ने उनले बताए । आफुले मन्त्रालयमा स्वच्छ तरिकाले काम गरेमा सिङ्गो पार्टीको साथ रहने र पार्टिको समेत ईज्जत बढ्ने उनले बताए । जनताको काम गर्न आएकोले प्रत्यक्ष देखिने काम आफुले गर्ने समेत बताए । दोस्रो पटक उदयपुर जिल्ला क्षेत्र नं. २ प्रदेश ‘क’ बाट सांसद बनेका मगरलाई शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्रका तर्फबाट खानेपानी सिचाई तथा उर्जा मन्त्रीमा नियुक्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0