Wednesday, June 10News That Matters

खुवालुङमा जे देखियो – फाेटाे फिचरसहित

पूर्णपुष्टि, चैत ३० ।

किराँत राई समुदायको आस्ताको केन्द्र खुवालुङले यतिबेला पूर्व तताइरहेको छ । सप्तकोशीको पानीबीचमा रहेको खुवालुङ किराँत राई समुदायको आस्थाको केन्द्र भन्ने प्रचार फैलिएसंगै संरक्षण र प्रवद्र्धनका काम थालिएका छन् ।

सप्तकोशीको पानीबीचमा रहेको ठूलो ढुंगोलाई किरात राई समुदायको भाषामा खुवालुङ भनिएको हो । संरक्षणको अभियान नै सञ्चालन भएको छ । अभियानकर्मीहरुले गाडेका झण्डाहरु र ढुंगामा लेखिएका नाराहरु प्रशस्त देख्न सकिन्छ ।

खुवालुङ हेर्न आउने जानेको संख्या पनि दिनदिनै बढ्दो छ । जेटबोटमा जलयात्रा गरेर मात्र खुवालुङ हेर्न पुगिन्छ । यसले जलयात्राको ब्यवसायलाई पनि टेवा पुर्याएको छ ।