Tuesday, June 30News That Matters

खोटाङबाट गाईघाटका लागि छुटेको बसले किचेर बृद्धाको मृत्यु

पूर्णपुष्टि, माघ १९

खोटाङमा बसले किचेर ७२ बर्षिय बृद्धाको घटना स्थलमै मृत्यु भएको छ । खोटाङको चुईचुम्मा गाउँपालिका पञ्चमी बाट गाईघाटका लागि छुटेको ना ५ ख ९०२२ नम्बरको बसले किच्दा उक्त गाउँपालिकाको ३ नम्बरवडामा पर्ने छोरम्बुकी ७२ वर्षीया चन्द्रकुमारी राई मगरको मृत्यु भएको हो ।

गाईघाट जाने बुहारी र दुई नातिनीलाई बस चढाउन गएको अवस्थामा वृद्दाालाई सोमबार बिहान ७ बजे छोरम्बुको रोभोलुङमा बसले बिच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।बसभित्रै चढेर आफन्तलाई सिटमा राखेपछि ओर्लने क्रममा सह–चालकले ‘छिटो झर्न’ भन्दै ठेलेपछि वृद्दा कुनापट्टिको लिकमा पर्दा बसले किचेको प्रत्यक्षदर्शीको भनाई उद्दृद गर्दै छोरम्बुका वडा सदस्य तुलस राईले बताउनुभयो । साँघुरो ठाउँमा धकेलिएर भुईमा झरे पनि वृद्दा चिप्लिएर लिकमा पर्दा छाती र पेट तेर्सो पांग्राले पेलेको स्थानीयले बताएका छन् ।

घटना लगत्तै बस, बसका चालक दलबहादुर पौडेल र सह–चालक अमृत कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटिएका प्रहरी निरीक्षकको टोली घटनास्थल पुगेपछि बिस्तृत जानकारी आउने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवं प्रहरी निरीक्षक गोबिन्दशाहको भनाई छ ।

आफन्तले घटनास्थलवाट शव उठाउन अस्विकार गरिरहेको मृतकका आफन्त कबिन्द्र राईले जनाउनुभयो ।