खोटाङमा बलात्कृत भएकी बालिकाको उदयपुरमा उपचार हुदैँ

पूर्णपुष्टि, असोज १४ । खोटाङमा एक बालिका बलात्कृत भएकी छन् । जन्तेढुङ्गा गाउँपालिका–६ कि ५ बर्षीय बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले स्थानिय ट्वाके माईला भनिने दीपक राईलाई पक्राउ गरेको छ ।

मोवाईलमा अस्लील भिडियो देखाउदै राईले बालिकामाथि बलात्कार गरेको ईलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ । घटनालगतै फरार भएका राईलाई इप्रका चिसापानीबाट खटिएको असई सहितको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पीडित बालिकाको अत्यधिक रक्तश्रापका कारण स्वस्थ्यअवस्था गम्भीर भएपछि रातारात उदयपुर जिल्ला अस्पताल लगिएको वडाध्यक्ष सागर राईले जानकारी दिए । उनका अनुसार खेलीरहेकी बालिका एक्कासी चिच्याएपछि गाउँलेले थाहा पाएर घटना बाहिरिएको हो । बालिकाको अहिले बोक्सेस्थित जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ । पीडित बालिकाको रक्तश्राब रोकिएको उपचारमा संलग्न चिकित्सकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
2