
पूर्णपुष्टि, मंसिर १७
खोटेहाङ गाउँपालिका खोटाङ सावाकटहरे स्थित जारी वडा स्तरीय भलिवल प्रतियोगिताको खेल क्वाटर फाईनलमा प्रवेश गरेको छ । मंसिर १५ देखि सुरु भएको खेलमा १४ टिमले सहभागी जनाएका थिए । त्यस मध्येको उत्कृष्ट ८ खेल भने क्वाटर फाईनलमा प्रवेश गरेको छ ।
क्वाटर फाईनलमा प्रवेश गर्ने टिमहरु चिपृङ, रावाबेशी, जन्तेढुङ्गा, वाप्लुखा, साकेला, सावाकटहरे, आमचोक र लिच्किराम्चे रहेको छ । यस टिमहरु मध्ये दुईओटा टिमले खेल प्रदर्शन गरेका हिजै खेल प्रदर्शन गरिसकेको छ । पहिलो चरणको खेल सकेर बिहिबार बाट सुरु क्वाटर फाईनल खेलमा घरेलु टिम (सावाकटहरे) लाई हराउँदै चिपृङ सेमिफाईनलमा प्रवेश गरिसकेको छ ।
शुक्रबार बाँकी रहेका ६ टिमहरुले क्वाटर फाईनलको खेल खेल्ने र सेमिफाईनलको लागि जित दावी गर्ने छ । सेमी फाईनल खेल आजै सक्ने आयोजकको योजना छ । भोली शनिवार बाट फाईनलको खेल हुने कार्यक्रम संयोजक आषिश राईले बताए । राईका अनुसार आज सेमिफाईनलको लागि ४ ओटा टिमले बिजयी निकाल्दै भोली फाईनलको खेल तय गर्ने छ । भोली ४ ओटा टिमले खेल्ने र २ ओटा टिम बाहिरिने २ ओटा टिम भने फाईनलमा पुगने राईले बताए ।
