
पूर्णपुष्टि, मंसिर १७
जनकपुर नगर क्षेत्र आसपास आज बाट माछामासु र मदिरामा रोक लगाइएको छ । यहि मंसिर २६ गते सम्मका लागि यी वस्तुमा रोक लगाईएको जनकपुर धाम उपमाहानगरपालिकाले जनाएको छ । विवाह पञचमीलाई लक्षित गरी जनकपुरधाम नगर क्षेत्रमा शुक्रबार देखि माछा, मासु र मदिरा विक्री वितरणमा रोक हो ।
नकपुरधाम उपमहानगरपालिकाले सूचना जारी गर्दै माछा, मासु र मदिरा बिक्री वितरणमा रोक लगाएको हो । विवाहपञ्चमी महोत्सवलाई मध्यनजर गर्दै आजदेखि मंसिर २६ गतेसम्म मासु, मदिरा तथा लागुपदार्थ सेवन तथा बिक्री वितरण पूर्ण रूपले निषेध गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न प्रसाद उपाध्यायले बताए । आजदेखि जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सुरु हुँदैछ ।
