Sunday, May 31News That Matters

१ करोड बढी रकम ठगी गर्ने दुई जना पक्राउ

पूर्णपुष्टि, मंसिर १७
१ करोड २२ लाख ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका(१० ठेगाना भएका ४४ वर्षीय राजेन्द्र भण्डारी र काठमाडौं महानगरपालिका(१३ ताहाचल ठेगाना भएका २८ वर्षीय रोजन भुजेल रहेका छन् ।

भण्डारी र भुजेलले सञ्जाल फेसबुकमार्फत आफूहरु मलेसियामा डा।बेन्जामिन फ्रान्कलिन नामक व्‍यक्तिबाट ठगिएको भन्‍दै पीडितलाई भण्डारीको नामको गरिमा बिकास बैकको खातामा ७८ लाख रुपैयाँ, भुजेलको नामको नबिल बैंकको खातामा नगद ९ लाख ५० हजार रुपैयाँ र अन्य मानिहरुबाट थप रकम समेत गरी उक्त नगद पठाउन लगाइ ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

उनीहरुमध्ये भुजेललाई बुधबार काठमाडौं कालिमाटी र भण्डारीलाई बिहीबार काठमाडौं महानगरपालिका(९ एयरपोर्टबाट महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनिहरुलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।