Monday, June 29News That Matters

खोप लगाएको ३ दिनमै पाकिस्तानका प्रधानमन्त्री खानलाई कोरोना

पूर्णपुष्टि, चैत ७

पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई कोरोना विरुद्धको खोप लगाएको दुई दिनपछि नै कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना पुष्टि भएपछि प्रधानमनित्र खान आइसोलेशनमा बस्नुभएको पाकिस्तानी प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ फैसल सुल्तानले बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री खानमा हल्का खोकी र ज्वरोसहितको मध्यम लक्षण देखिएको जनाईएको छ ।

प्रधानमन्त्रि खानले बिहीवार मात्रै कोरोना विरुद्धको खोपको पहिलो डोज लगाउनुभएको थियो ।  उहाँ पछिल्ला दिनमा मास्क नलगाइकनै विभिन्न भेला, बैठक र आमसभामा सहभागी हुँदै आउनुभएको थियो ।

पाकिस्तानमा पछिल्लो महिनायता सङ्क्रमितको संख्या बढ्दै गएपछि केहि सहरमा आंशिक लकडाउन लगाइएको छ ।

पाकिस्तानमा अहिलेसम्म ६ लाख १५ हजार जनामा कोरोना पुष्टि भएको छ भने १३ हजार सात सय भन्दा धेरैको ज्यान गइसकेको जनाईएको छ ।