Saturday, May 30News That Matters

खोलाले बगाएको वृद्ध मृत अवस्थामा फेला

पूर्णपुष्टि, कार्तिक ७
धनकुटा चौबिसे गाऊपालिका ५ बज्रमाई का ७१ बर्षीय भुवन सिंह खड्कालाई खोलाले बगाई मृत्यु भएको छ । आज बिहान ९ बजे सोही स्थानमा रहेको छरुवा खोला तर्ने क्रममा बगाई वेपत्ता भएको भन्ने जानकारी प्राप्त हुन साथ अस्थाई प्रहरी बिट मौनबुधुक, प्रहरी चौकी मुलघाटबाट प्रहरी टोली खटि गई स्थानियबासीहरुको सहयोगमा खोजतालसको क्रममा दिउसो साढे ११ बजे मृत अबस्थामा फेला परेको हो । सो स्थान अस्थाई प्रहरी बिट मौनबुधुक धनकुटाबाट अन्दाजी १७ किलोमिटर उत्तर रहेको छ ।