Thursday, June 11News That Matters

खोलाले बगाएर बृद्धाको मृत्यु

पूर्णपुष्टि, पुष २०

झापामा खोलाले बगाएर एक जना बृद्धाको मृत्यु भएको छ । हल्दीवारी गाउँपालिका–५ बस्ने ७२ बर्षाया हरिमाया बेगाको खोलाले बगाएर मृत्यु भएको हो ।

आईतवार राती साँढे ८ बजेको समयमा स्थानीय भुतेनी खोला तर्ने क्रममा अचानक खोलाले बगाएर दहमा बृद्धाको शव फेला परेको थियो ।  घटनाबारे जानकारी पाए लगत्तै प्रहरी चौकी जलथलबाट प्रहरी टोली खटि गई घटनास्थल सुरक्षित राखेको तथा थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य भईरहेको छ ।