Friday, June 5News That Matters

गठबन्धनका कारण रौतामा सुर्यमा ग्रहण : हिमाल कार्की

पूर्णपुष्टि, बैशाख २४
प्रदेश एकका भौतिक पूर्वाधार मन्त्री तथा नेपाली काग्रेस उदयपुरका सभापति हिमाल कार्कीले काग्रेस, माओवादीको गठबन्धनका कारण रौतामाईमा सुर्यमाथी ग्रहण लागेको बताउनु भएको छ ।

आज भुट्टारमा आयोजित गठबन्धनको चुनावी सभामा बोल्दै मन्त्री कार्किले रौता गा.पा.मा अब सुर्यको ग्रहण नहट्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो “माओवादी र काग्रेस मिलेसँगै रौतामा अब सुर्यमा ग्रहण लागिसक्यो । बैशाख ३० सम्म सुर्यले ताप दिन सक्दैन । उहाँले भन्नुभयो”गठबन्धनको चुनावी सभामा बोल्दै माओवादी केन्द्रका प्रदेश सदस्य महन खत्रीले प्रतिगमन विरुद्ध लाग्नुपर्दा गठबन्धन बनेको धारण राख्नुभयो ।
रौतामाई गाउँपालिकको हजारौ जनताको उपस्थितिमा भएको गठबन्धनको चुनवी सभामा गठबन्धनका तर्फबाट अध्यक्ष पदका उम्मेदवार विरेन्द्र मगर र उपाध्यक्षका प्रत्यासी भुपेन्द्र क्षेत्री थापाले आफ्ना प्रतिवद्धता राख्नु भएको थियो ।