
पूर्णपुष्टि, बैशाख २४
धरान उप–माहानगरपालिकाका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले पार्टीका नेतृत्वले विकास गर्न नसक्ने कुरा प्रस्टाएको छ । दलको उम्मेदवारीले जिते भोली धरान माहानगरपालिका जस्ताको तस्तै रहने र नयाँ परिवर्तन हुनेमा आफु कतिपनि विश्वास्त नरहेको भन्दै राई आफैले पनि स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिएको छ ।
राईले दलको आसेपासे र कार्यकर्ताहरुकै लागि सरकारको ठुलो बजेट दुरुपयो हुने हँदा चाहे जस्तो सोँचे जस्तो काम जनताहरुको लागि नहुने जनाए । उनले दलहरुले आसेपासे, पार्टी, आफनो नेता कार्यकर्ता, ठेकेदार र आफन्तहरुलाई पोस्नकै निमित्त पनि धेरै जताको कर व्यक्तिमा जाने हुँदा विकास भने जस्ताको तस्तै रहने जनाए । राईले आफु धरानको पुरानो वासिन्दा समेत रहेको जनाउँदै त्यहाँको जनताको आवश्यकहरु ग्रास लेभल बाटै थाहा भएको र ती आवश्यकता पुरा गर्न आफुले स्वतन्त्र उम्मेदवारी दिएको जनाएको छ ।

पहिलेको जनप्रतिनिधिले समेत धरानका प्रमुख आवश्यकताहरुलाई पुरा नगरेको र अब पनि नगर्ने उनको बुझाई छ । काम नगर्ने दलका उम्मेदवारको विरुद्धमा आफ्नो उम्मेदवारी रहेको राईको भनाई छ । धरान उप–माहानगरपालिका पुर्वेली शहर मध्ये एक ठुलो शहर समेत हुन् । तर पनि त्यहाँ जनताका प्रमुख आवश्यकको रुपमा रहेको खानेपानी प्रचुर मात्रामा छैन् । खानेपानीका लागि यहाँ सँधै हाहाकार मचिन्छ ।
सँधै चुनाव आयोकी धरानमा “खानेपानी” चुनावको प्रमुख ऐजण्डानै बन्ने गरेको छ । यस एजेण्डालालई समाप्त पारी धरानवासीहरुलाई पानीको व्यवास्था गर्न हर्क साम्पाङले आफ्नो प्रमुख उम्मेदवारी दिएको जनाए ।
धरानवासीलाई पानी दिलाउन २ पटक जेल, नानेपानी दलहरुको सँधै चुनावी एजेण्डा
राईले खानेपानीको व्यतिथिको बारेमा बोल्दा झुटा मुद्धा दिएर आफुलाई दुई पटक जेल राखेको समेत जनाए । उनले अहिले पनि त्यो मुद्धा आफुले खेपिरहेको बताए । पानी मानिसको सबै भन्दा महत्वपूर्ण वस्तु रहेकाले यसलाई नै व्यवस्था गर्न नसके धरानको मुहार फेर्न नसकिने जनाए ।
उनले धरानलाई समृद्ध बनाउन सिंगापुरको सपना नदेखाउने र धरानलाई सुन्दर अनि विकासमुखी धरानै निर्माण गर्ने जनाए । राईले खानेपानी सँगै भ्रष्टचारको अन्त्य, बिपि कोईराला धरानको सुधार, प्रशासनीक सेवामा सुधार र सुचनाको सेवालाई सँधै जनमुखी बनाउने जस्ता महत्वपूर्ण एजेण्डा उठाएको छ ।
यी कार्य लगायत स्वच्छ स्वास्थ्य, शैक्षिक, विकासका पूर्वधार जस्ता सबै क्ष्ोत्रहरुलाई आफुले समेटेर उम्मेदवारी दिएको जनाएको छ ।
पानीलाई सबै दलहरुले एजेण्डा बनाएपनि पुर्ति गर्न नसकेको प्रत्यक्ष देखिएको भन्दै यसलाई आफु नेतृत्वमा पुगेर सुधार र व्यवस्था गर्ने राईको योजना छ । उनले यसका लागि धरानवासीहरुको अमुल्य मत आवश्यक रहेको उनले जनाए ।

पहिलेको निर्वाचनहरुमा विजयी बनेकाहरु सँग आफुले धेरै आशा राखेको र आशा अनुसारको काम नभए सँगै यो पटकको चुनाव भने आफैले जित्ने गरी लड्ने र जनतालाई सुखी बनाउने राईले जनाए ।
राईको भनाई अनुसार नेतृत्वले शासक भएर हैन सेवक भएर काम गर्नु पर्ने भएपनि त्यो पटक्कै नपाईएको बताए । अहिले आफु धरानवासीको आवाज भएको र भोली नेतृत्वमा पुगेर उनिहरुको अनुरोध भएर काम गर्ने जनाए । नेतृत्वले जहिले पनि जनताको अनुरोध र आवश्यकलाई ध्यान दिनु पर्ने भन्दै नेतृत्व नहुदा पनि आफु सँधै जनताको आवाज हुने र नेतृत्व पछि जनताको अनुरोध हुने प्रतिवद्धता गरे ।
उसले यो पल्ट धरानेवासीले मेयरमा आफुलाई नजिताए फेरी खानेपानीको समस्या जिउँको तिउँ रहने पनि सचेत गराए । उनले फेरी उहि ५ बर्ष सम्म जनताले रोई कराई गर्नु पर्ने र आन्दोलन चै म आफैले सँधै गरिराख्नु पर्ने अवस्था सिर्जना हुने सुझाए । यस समधानका लागि अन्य पार्टीलाई भोट हालेर गल्ती नगर्न समेत धरानवासीमा अनुरोध गरे ।
उनले आफु अरु नेताहरु जस्तो दोधारे भिजन भाको नभई प्रस्ट भिजन भएको जनाएको छ । चुनावको वेला मात्रै नभएर धराने जनतालाई दुख पर्दा सँधै उद्धारमा लागीरहने साम्पाङको वाचा छ ।
आफु धरानको मेयरमा निर्वाचित बनेर व्याप्त भ्रष्टाचार, वेतिथी, अन्याय अत्याचारको अन्त्य गरी नागरिकको भावना र आवश्यक अनुरुप सुशासन र विकासको नीति तथा योजना निर्माण गर्ने जनाए । यस कार्यले धरानको सर्वपोरी विकासमा सहयोग पुराउने राईको बुझाई छ । समग्र धरान विकासका लागि आफु र आफ्नो समुहको स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिन्ह लौरो मा अमुल्य मत दिई विजयी गराउन सेमत धरानवासीलाई राईको अनुरोध छ ।
धरान उपमहानगरको प्रमुखमा नेपाली कांग्रेस र माओवादि केन्द्र संयुक्त गठबन्धन बाट नरेन्द्र कुमार राई (प्रविन)को उम्मेदवारी रहेको छ भने नेकपा एमालेको तर्फबाट, मञ्जु खड्काको उम्मेदवारी रहेको छ । धरानका सामाजिक अभियान्ता समेत रहेको राई भने स्वतन्त्र हुन् । उनले अव नेतृत्वबाट जनतालाई नजिक बाट सेवा गर्ने हिसावले मेयरको उम्मेदवारी दिएको जनाएका छन् ।
