
पूर्णपुष्टि, वैशाख २४ गते ।
सुनसरीको रामधुनी नरपालिका–८ को वडा अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका गणेश पौडेलले आत्महत्या गरेका छन् । पौडेलले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
पौडेलले छुट्टै प्यानल बनाई स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले नेपाली कांग्रेसका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका थिए ।
पौडेलको शव आफ्नै घरपछाडी शनिवार बिहान भेटिएको थियो । तीन दिनअघि मात्र पौडेल अपहरणमा परेको भन्दै खोजीका लागि परिवारजनले प्रहरीमा उजुरी दिएकोमा सोको भोलिपल्टै सम्पर्कमा आएका पौडेलले आफू साथीको घरमा बसेको बताएका थिए ।
