
पूर्णपुष्टि, वैशाख २४ गते ।
स्थानीय तहको निर्वाचनका लागि मतदानको दिन नजिकिदै जादाँ जिल्लामा राजनीतिक दलको प्रचार–प्रसार आक्रमक बन्दै गएको छ । मतदातालाई आफ्नो पक्षमा पार्न पनि दलहरुले घरदैलो कार्यक्रम , कोणसभादेखि सवारीसाधन मा ठूलो आवाजमा गित बजाउदै मत माग्न थालेका छन् । अर्को दलको भन्दा ठूलो र्याली गर्ने, ठूला–ठूला व्यानर टाङ्नेदेखि घर–घरमा झण्डा राखेर आफ्नो शक्ति देखाउन लागि परेका छन् । जिल्ला स्थित सबै उम्मेदवार ले चुनाबमा आफ्नो बिजय हुने भन्दै प्रचारप्रसार मा ठुलै रकम खर्च गरिरहेको देखिन्छ ।प्रचारप्रसार भन्दै गाडी , मोटरसाइकल र्याली गर्ने, मतदाताको घरमा जुलुश सहित गएर आफूलाइ अरु उम्मेदवारको भन्दा बढी जनताले समर्थन गरेको देखाउन खोजेका छन ।
मतदातालाई प्रभाव पार्न उम्मेदवारले प्रतिवद्धता एवम घोषणापत्र मार्फत समृद्धि, रोजगारी लगायतका एजेण्डालाई प्रमुखताका साथ अगाडी सारेर घर–घरमा पुगिरहेका छन् ।
यस्तै जिल्ला मा पार्टी का शीर्ष नेतालाइ बोलाएर चुनाबी सभा गर्ने होडबाजी पनि चहिरहेको छ । जनतालाई प्रभाव मा पार्ने भन्दै एमाले ले अध्यक्ष केपीशर्मा ओलीलाई ल्याएर चुनावी सभा गरिसकेको छ । यस्तै नेपाली कांग्रेसले आफ्नो शक्ति देखाउन सदरमुकाम गाईघाटमा वैशाख २६ गते चुनावी सभा गर्दैछ । काङ्ग्रेस को सभालाइ सम्बोधन गर्न यो पार्टी का महामन्त्री गगन थापा आउने भएकाछन ।
वैशाख २७ गते भने जिल्लास्थित सदरमुकाम गाईघाटमै एकिकृत समाजवादीले आफ्नो शक्ति देखाउने भन्दै पार्टी अध्यक्ष माधव कुमार नेपललाई प्रमुख अतिथी बनाएर चुनावी सभा गर्नेभएको छ ।
उदयपुरका आठ पालिकामध्ये लिम्चुङबुङ, ताप्ली, उदयपुरगढी र रौतामाई गाउँपालिकामा कांग्रेस, माओवादी र एकिकृत समाजवादीको गठबन्धन र एमाले बीच प्रतिस्प्रर्धा छ । जिल्लाको त्रियुगा र चौदण्डीगढीमा नगपालिकामा नेपाली कांग्रेस, एमाले, माओवादी र एकिकृत समाजवादीको दूइ दलिय गठबन्धन बीच त्रिकोणात्मक प्रतिस्प्रर्धा देखिन्छ ।
कटारी नगरपालिकामा भने कांग्रेस र माओवादीको गठबन्धन, एमाले र एकिकृत समाजवादीले समर्थन गरेका स्वतन्त्र उम्मेदवार कृश्ण प्रसाद खनालबीच त्रिपक्षिय प्रतिस्प्रर्धा हुने देखिन्छ । भने बेलका नगरपालिका एमाले , काङ्रेस र माओवादी को दुई दलिय गठबन्धन बिच प्रतिस्पर्धा देखिएको छ ।
कटारी नगरपालिकामा भने कांग्रेस र माओवादीको गठबन्धन, एमाले र एकिकृत समाजवादीले समर्थन गरेका स्वतन्त्र उम्मेदवार कृषण प्रसाद खनालबीच त्रिपक्षिय प्रतिस्प्रर्धा हुने देखिन्छ ।
वैशाख २७ गते भने जिल्लास्थित सदरमुकाम गाईघाटमै एकिकृत समाजवादीले आफ्नो शक्ति देखाउने भन्दै पार्टी अध्यक्ष माधव कुमार नेपललाई प्रमुख अतिथी बनाएर चुनावी सम्बोधन गर्नेभएको छ ।
